२८ वर्षीया युवतीलाई सामुहित बलात्कार गरेको आरोप लागेका रामेछापका तीन जनालाई १० वर्षको जेल सजाय

नवराज पथिक
रामेछाप । सामुहित बलात्कार गरेको आरोप लागेका रामेछापका तीन जनालाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
स्थानीय २८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोप लागेका मन्थली नगरपालीकाको सुनारपानीका प्रदीप भुजेल र भटौलीका गोविन्द भुजेल तथा रामेछाप नगरपालिकाको सुकाजोरका यकु श्रेष्ठलाई १०/१० वर्षको जेल सजाय सुनाइएको हो ।
जिल्ला अदालत रामेछापमा न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले उनीहरुलाई १०/१० वर्षको कैद र पीडितलाई जनही २५ हजार रुपैयाँ जरिवाना भराउने आदेश दिइएको हो ।
गत साउन महिनामा मन्थली नगरपालिकाको कठजोरकी एक २८ वर्षीया युवतीलाई बलात्कार गरेको प्रमाणित भएपछि अदालतले उनीहरुलाई जेल सजाय सुनाएको हो ।
गत साउनमा प्रदिपले युवतीको मोवाईलमा फोन गरी आफू विवाह गर्न आउने बताएर थप दुई साथीसहित युवतीको बलात्कार गरेका थिए । फरार रहेका अभियुक्तलाई तत्कालै प्रहरीले पक्राउ गरी जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेको थियो ।