अर्घाखाँचीबाट एसएलसी परीक्षामा १ सय २३ जना अनुपस्थित

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची ।  एस.एल.सी.परीक्षामा अर्घाखाँची जिल्लाबाट ४ हजार ७ सय ८ जना विद्यार्थी सहभागी भएका छन् । 
विहिवार देखि सुरु भएको परीक्षाको पहिलो दिनको अंग्रेजी विषयमा नियमित तर्फ १ हजार ४ सय ८ जना छात्र, १ हजार ७ सय ८ जना छात्रा गरी ३ हजार १ सय १६ जना र एक्जाम्टेड तर्फ छात्रा ८ सय ८४ छात्र ७ सय ८ गरी १ हजार ५ सय ९२ जना परीक्षार्थी समावेश भएका थिए । 
परीक्षामा १ सय २३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । अनुपस्थित विद्यार्थी मध्ये नियमित तर्फ ६ जना र एक्जाम्टेड तर्फका १ सय १७ जना छन् ।
यस पटकको जिल्लाको एस.एल.सी. परीक्षा निक्कै मर्यादीत र व्यवस्थित रुपमा सम्पन्न भएको भएपनि होम सेन्टर नभएको कारण विद्यार्थीले निक्कै ठुलो सास्ती व्यहोर्नु परेको छ । सरकारको केन्द्रीय निर्देशन अनुसार होम सेन्टर बनाउन नसकिएको जिल्ला शिक्षा अधिकारी धमसिंह धामीले बताउनु भयो । 
जिल्लाका सन्धिखर्क, सुर्यथम, पोखराथोक ,पाली ,सतिनेटा, बल्कोट ,खनदह, असुरकोट ,ढाकावाङ्ग, खन, हंसपुर, सितापुर र ठाडो गरी १६ वटा परिक्षा केन्द्रमा संचालित परीक्षामा १६ केन्द्राध्यक्ष, २२सहायक केन्द्राध्यक्ष, १ सय ९८ निरीक्षक, ६७ कार्यालय सहयोगी र २ सय ४० जना सुरक्षा कर्मी परिचालन भएको जिल्ला  शिक्षा कार्यालयका नायव सुब्बा कृष्ण बर्माले बताउनु भयो । 
यसैगरी जिल्लामा पहिलो पटक प्राविधिक धार अन्तरगत सिविल इन्जिनियर र बाली विज्ञान विषयका ५६ जना विद्यार्थी परीक्षामा समावेश भएका छन् । 

अन्य समाचारहरु