झापा कारागारबाट फरार कैदी भारतको पूर्णियाबाट प्रक्राउ

झापा कारागारबाट फरार कैदी कमल सेख हुसेन मिँया गएराति भारतको पूर्णियाबाट प्रक्राउ परेका छन् । भारतीय प्रहरीको सहयोगमा उनलाई पूर्णियास्थित एक घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चोरी मुद्दामा फागुन १३ गते पुर्पक्षका लागि झापा कारागार पु-याइएका बिर्तामोडका २३ वर्षीय हुसेन फरार भएका थिए । गत सोमबार साँझ कारागारमा कैदी बन्दी गन्ती गर्ने क्रममा सङ्ख्या नपुगेपछि उनी फरार भएको खुलेको थियो ।
कारागारबाट कैदी फरार भएसँगै सहायक प्रमुख जिल्ला अधिकारी रोहितराज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । रासस