लमजुङ । उर्जामन्त्री राधा ज्ञवालीले लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको शनिबार अवलोकन गरेकी छन् ।
त्यसक्रममा मन्त्री ज्ञावलीलाई आयोजनामा गम्भीर समस्या देखिएको जानकारी आयोजनाले गराएको थियो ।
आयोजनाको ड्याम साइडको रोलर बकेट र पिएर जीर्ण अवस्थामा रहेको र ६ वर्षअघि सम्पन्न सो आयोजना सन्चालनको ३ वर्षदेखि नै ठाउँ-ठाउँमा समस्या देखिएको केन्द्रले जनाएको छ ।
३ वर्षदेखि समस्या देखिएपनि हालसम्म मर्मत हुन नसकेकाले संरचनाको स्थायित्वको दृष्टिले गम्भीर अवस्था आइसकेको आयोजनाले जनाएको छ ।
उर्जामन्त्री ज्ञावलीले आयोजनामा देखिएको समस्या समाधानका लागि छिट्टै उचित पहल थालिने सो अवसरमा बताइन् । इमेजखबरमा समाचार छ ।