काठमाडौं । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस मुलुकभर मनाइँदै छ ।
जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।
सहरी विकास मन्त्रालय र जल तथा ऊर्जा आयोगको अगुवाइमा देशका विभिन्न स्थानमा विश्व पानी दिवससम्बन्धी कार्यक्रम गत मङ्गलबारदेखि