काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तिय सुशासन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आइतबार गभर्नरको पदभार ग्रहण गर्दै उनले वित्तिय अपराध स्वीकार्य नहुने प्रष्ट पारे ।
राष्ट्र बैंकले आयोजना गरेको स्वागत कार्यक्रममा गभर्नर नेपालले मुलुकको अर्थतन्त्रलाई अझै राम्रो स्थितीमा लैजानु आफ्नो कर्तव्य हुने भन्दै नीतिगत स्थायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
उनले देशलाई सुरक्षित वित्तिय क्षेत्र गन्तव्य मुलुक बनाउन सशक्त रुपमा प्रस्तुत हुने पनि बताए ।
बैंक तथा वित्तिय क्षेत्रप्रति निजी क्षेत्रको विश्वास जगाउनु पर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । निजी क्षेत्रसँग सुशासन सहितको सहकार्य हुने पनि उनले प्रष्ट पारे ।
कर्मचारी युनियनहरुले सकारात्मक रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विहिबार गभर्नर पदमा नियुक्त भएका नेपाललाई आइतबार नै सर्वोच्च अदालतका कामु प्रधानन्यायाधिश कल्याण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए । इमेजखबरमा समाचार छ ।