माथिल्लो तामाकोशी विद्युत आयोजनाको अनिश्चितकालका लागि काम ठप्प

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजना संचालक समितिले दोलखावासीका लागी १० प्रतिशत सेयर संकलनको मिति दोस्रो पटक पनि सारेको छ ।
पूर्वनिर्धारित चैत १ को मितिलाई स्थानीयवासी र मजदुरहरुको आन्दोलनको कारण पहिलो पटक ८ गतेसम्मको लागि सारेकोमा शनिबार फेरि दोस्रो पटक अनिश्चितकालका लागि सारिएको छ ।
कम्पनीको सञ्चालक समितिबाट श्रम कानुनको विशेषज्ञसहित सम्बद्ध श्रमिकहरुको प्रतिनिधिहरुको सहभागितामा वार्ता गर्ने निर्णय भएकोले हाल जारी हडताल तत्काल स्थगन गरी वार्तामा सहभागी हुन आयोजनाले आह्वान समेत गरेको छ ।
आयोजनाबाट प्रभावित सिंगटी आसपासका वासिन्दाले थप सेयर पाउनु पर्ने माग गर्दै विगत एकहप्तादेखि आयोजनाको ढुवानीमा अवरोध गर्दै आएका छन ।

मजदुर र स्थानीयवासीको अवरोधका कारण अहिलेसम्म आयोजनामा २० करोड रुपैयाँ नोक्सानी भएको बताइएको छ । इमेजखबरमा समाचार छ ।