सन्धिखर्कमा नगर बस सरर, पत्रकारले गाडि भाडामा छुट पाउने

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । पश्चिम नेपाल बस व्यवसायीसंघ का अध्यक्ष दधि खरेलले सवारी भाडामा पत्रकारहरुलाई छुट दिन आफु तयार रहेको बताउनु भएको छ । नगर बस उद्घाटन समारोहमा मन्तव्य राख्दै उहाले मुलुकको सामाजिक परिवर्तनको निम्ति प्रेशले खेलेको भुमिकाको मुक्त कण्ठले प्रशंसा गर्दै रिपोर्टिङ्गका निम्ति फिल्डमा जाने पत्रकारलाई सवारी भाडामा निश्चित रकम छुटको व्यवस्था गर्ने बताउनु भयो ।
 अध्यक्ष खरेलको यातायात भाडामा छुट दिने भनाईलाई सकारात्मक भन्दै नेपाल पत्रकार महासंघ अर्घाखाँचीले प्रसन्नता प्रकट गरेको छ । महासंघका अध्यक्ष शोभाखर पन्थीले तत्काल गाडी भाडामा ५० प्रतिशत रकम छुट गर्न माग गर्नुभयो । खरेलको भनाई प्रति नेपाल प्रेश युनियन, प्रेश चौतारी, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशिल पत्रकार संघ लगायतका संघ-संगठनले समेत स्वागत योग्य भन्दै प्रशंसा गरेका छन् । 
सन्धिखर्कमा नगर बस सरर
आफ्नै घर अगाडीको बाटोमा नियमित गाडी चल्दा पनि गाडी चढ्न नपाएर आजित बनेका सदरमुकाम सन्धिखर्क आसपासको क्षेत्रका बासिन्दाहरु गाडी चढ्न पाएकोमा प्रफुल्ल भएका छन् । बत्ती मुनिको अध्यारो भने झै जिल्लाको विकट ग्रामिण क्षेत्रका बासिन्दाले सहज रुपमा सवारिका साधनको प्रयोग गरिरहँदा सन्धिखर्क, किमडाँडा, नरपानी ,अड्गुरी, खाँचिकोट, ढिकुरा, नुवाकोट, डिभर्ना, अर्घा र वाङ्गलाका बासिन्दाहरु भने सदरमुकाम आउँदा र घर फर्कदा गाडी कुर्दा कुर्दै वाक्क बनेर पैदलै हिड्न बाध्य थिए । 
ट्राफिक प्रहरीले यात्रुलाई सीट क्षमता भन्दाबढी छत माथी राखेर सावरी सञ्चालन गर्न नदिने र सवारिका साधनहरुले नजिकका यात्रुलाई सीटमा राखेर लैजाँदा टाढा पुग्नु पर्ने यात्रुहरु छुट्ने र भाडा समेत थोरै हुने भएपछि सदरमुकाम आसपासका यात्रुहरु पैदलै हिड्न बाध्य भएका थिए । पैदल हिंड्न नसक्ने अशक्त र बिरामीहरुको निम्ति एम्बुलेन्स रिजर्व गर्नुको विकल्प नभएका उनीहरु नगरबस सञ्चालन बाट निक्कै खुसी भएको बताउँछन् । 
पश्चिम नेपाल बस व्यवसायी संघले  सोमबार देखि सन्धिखर्क नगरपालिकामा नगर बस सञ्चालनमा ल्याएको छ । नगर बस सेवाको एक समारोहका बिच सन्धिखर्क नगरपालिका कार्यकारी प्रमुख कृष्ण प्रसाद सापकोटाले रिबन काटेर उद्घाटन गर्नु भएको छ । 
कार्यक्रममा मन्तव्य राख्दै उहाँले नगरबासिको सेवा सुविधा वृद्धिको निम्ति आफु प्रयत्नसिल रहेको बताउँदै, नगर बस सञ्चालन बाट स्थानीय बासिन्दाले राहतको महशुस गर्ने बताउनु भयो । 
कार्यक्रममा मन्तव्य राख्दै पश्चिम लेपाल बस व्यवसायी संघका अध्यक्ष दधि खरेलले यात्रु मैत्री वातावरण श्रृर्जना गरी गाडी सञ्चालन गर्न सवारी चालकलाई आग्रह गर्नुभयो । सवारी साधनमा अनिवार्य रुपमा महिला र अपाङ्गको निम्ति आरक्षण सीट छुट्याई कडाईका साथ कार्यान्वयन गर्न आफुहरु प्रतिवद्ध रहेको उहाको भनाई थियो । मुलुकमा राजनीतिक संक्रमण बढ्दा व्यवसायीहरुले निक्कै ठुलो सास्ती व्यहोर्नु परेको बताउँदै खरेलले सानो भन्दा सानो आन्दोलन र आफ्ना माग पुरा गर्ने निशानाको रुपमा यातायात अवरोधलाई नलिन सबै पक्षलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा नेपाली कांगे्रसका जिल्ला सचिव लोकेन्द्र विश्वकर्मा, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोख्रेल, एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्ज्वल, राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बी.सि., राप्रपा जिल्ला अध्यक्ष देवि बहादुर खड्का, नेकपा-माओवादीका जिल्ला सचिव दुर्गा प्रसाद अधिकारी, राष्ट्रिय जनमुक्तिपार्टीका सह-सचिव ईन्द्र बहादुर गेलाङ्ग लगायतले मन्तव्य राख्दै पश्चिमाञ्चल बस व्यवसायी संघले यातायात सञ्चालनको क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै थप सेवा सहितको प्रभावकारी यातायात सञ्चालनको निम्ति संघको ध्यानाकर्षण गराए । 
संघका जिल्ला अध्यक्ष दधि खरेलको अध्यक्षता र महासचिव जिवन बञ्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र खड्का, पुर्व अध्यक्ष तथा बाल संगठनका अध्यक्ष देवराज श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी, साईन रेसुङ्गा बैंकका प्रबन्धक दिपक पोख्रेल, सुरक्षित नेपालका नारायण प्रसाद खड्का, पश्चिमाञ्चल यातायात व्यवसायी संघका प्रेश सल्लाहकार दिनेश पाण्डे लगायतले यातायात साधनको वृद्धिसँगै सडकको स्तरीकरणमा समेत ध्यान दिनु पर्ने बताउनु भयो । 
आजदेखि ३ वटा बस सञ्चालनमा ल्याएको पश्चिमाञ्चल बस व्यवसायी संघले केही दिन भित्रै ७ वटा बस सञ्चालन गरी नगर आसपासका बासिन्दालाई सेवा प्रदान गर्ने तयारी गरेको पश्चिम नेपाल बस व्यवसायी संघका केन्द्रीय सदस्य राम बहादुर बस्नेतले बताउनु भयो । 
नगर बस सेवा सञ्चालनले सदरमुकामको व्यापार व्यवसाय फस्टाउनुका साथै स्कुल कलेज पढ्ने विद्यार्थी र नियमित कार्यालयमा आउने कर्मचारिलाई निक्कै सजिलो हुने बस व्यवसायी सन्तोष बस्नेतको भनाई छ । 

अन्य समाचारहरु