काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानका अन्तर्वस्तुमा दलहरुले सहमति गर्न आनाकानी गरिरहे दुई तिहाइ बहुमतको प्रक्रियाबाटै संविधान जारी गर्ने बताएका छन् ।
सिंहदरबास्थित आफ्नै कार्यकक्षमा सोमबार आदर्श नागरिक समाज परिवारको ज्ञापनपत्र बुझ्नेक्रममा उनले दलहरुले सहमति नगरे संविधान बनाउने काम नरोकिने बताए ।
संविधानका अन्तर्वस्तुमा दलहरुबीच खासै ठूलो विवाद नरहेकाले आफू अब दलहरुलाई सहमतिका नाममा धेरै समय दिने पक्षमा नरहेको उनको थियो ।
दलहरुले सहमति गर्न गम्भीर छौं भनेर मात्र नपुग्ने भन्दै सभाध्यक्ष नेम्वाङले सहमतिका लागि तत्काल औपचारिक वार्तामा बस्न सत्तापक्ष र विपक्षी दलहरुलाई आग्रह पनि गरे । इमेजखबरमा समाचार छ ।