पश्चिम तराईका थारु समुदायमा मात्रै देखा परेको सिकलसेलबाट प्रभावित हुनेको संख्यामा वृद्धि

पश्चिम तराईका थारु समुदायमा मात्रै देखा परेको सिकलसेलबाट प्रभावित हुनेको संख्यामा वृद्धि भएको छ। 
 
धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि आउनेको संख्यामा वृद्धि भएको हो। 
 
चैत महिनामा मात्रै दोस्रो साता नबित्दै पाँच जना बिरामी उपचारका लागि आएका छन्। अस्पतालका अनुसार फागुनमा सात जना बिरामी उपचारका लागि आएका थिए। 
 
सेती अञ्चल अस्पतालकी सिकलसेल फोकल पर्सन यशोदा ढकालले हालसम्म ७५ जनामा सिकलसेल देखिएको बताईन। 
 
उनले सिकलसेलका बिरामी बालबालिकादेखि युवायुवतीहरु रहेको बताईन।