प्रेमनारायण आचार्य
मैदान, अर्घाखाँची । अर्घाखाँचीको मैदानबाट रोजगारिको लागि कतार गएका ३१ बर्षय काशिराम बेल्बासेको आश्चर्यजनक अबस्थामा ज्यान गएको छ ।
गएको आइतबार राती सुतिरहेको अवस्था मै अकस्मात छट्पटाएको र स्वास प्रस्वासमा गारो भएको उनीसगै बस्ने साथिहरुले उनलाई तुरुन्त हमाद हस्पिटलमा लगेका थिए । अस्पतालमा लगेपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
यस्स्तो मृत्युलाई हृदयघात भन्ने गरिन्छ । यस्तो मृत्यु खासगरी खाडिका मुलुकहरुमा दिनननु दिन बढिरहेको कतारमा कार्यरत अर्घाखाँची ढिकुराका भुवन केसीले बताए । सुत्नु अघि स्वस्थ रहेका र यस अगि कुनै स्वास्थ्य समस्या नरहेका उनी उक्त दिन एकबर्ष अगि मृत्यु भएका आफ्ना पिताको तिथी भएकोले सो दिनमा नुहाएर फलफुल मात्र खाएर बसेका थिए ।
अहिले उनको शबलाइ नेपाल ल्याउने प्रकृयाको बारेमा कतार स्थित अर्घाखाँची सेवा समाज कतारका पदाधिकारीद्वारा हस्पिटलमै गएर र कम्पनी संग अवस्यक कुराहरु बुझ्ने काम भइरहेको केसीको भनाइ छ । हस्पिटल र पुलिस रिपोर्ट तयार भएपनि , नेपाली दूतावास र उनी कार्यरत कम्पनीबाट अवस्यक कामहरु हुन बाकी रहेको केसीले बताए ।
उनका दाजुको पनि केही बर्ष अघि हृदयघात्को कारन ईन्डिया मा मृत्यु भएको उनका आफन्तजनहरु बताउन्छन । बुवाको मृत्यु भएको बर्ष दिनमा उनको पनि मृत्यु हुदा घरमा बुढी आमा, दुबै दाजु भाइका बिधवा श्रीमतीहरु र साना साना अबोध छोराछोरीहरु बिचल्लीमा परेका छन ।