राजधानी काठमाडौंको पेप्सीकोलामा कोठामा निसास्सिएर दुई जनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३५ छाप्रामा कोठा बस्दै आएका दुई जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको हो।
ज्यान जानेहरूमा ३७ वर्षका तिलक दाहाल र २८ वर्षकी पुनम दाहाल रहेको प्रहरीले जनाएको छ। घटनामा परी एक जना गम्भीर घाइते भएका छन्।
ग्यास चुलो बालिएको अवस्थामा कोठामा अक्सिजन नपुगेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान लगाएको छ। गएराति भएको घटना बिहान साढे ८ बजेमात्र थाहा भएको प्रहरीले जनाएको छ। सेतोपाटीमा समाचार छ ।