कृषि, पर्यटन र उद्योग अर्घाखाँची विकासको मुल आधार ( सन्धिखर्कमा एअरपोर्ट निर्माण, अर्घाखाँचीलाई सुख्खा गष्त क्षेत्र घोषणा लगायतका विषेश योजना तर्जुमा सहित )

गणेश खनाल / अर्जुन भुसाल 
अर्घाखाँची / लुम्बिनी  । कृषि, पर्यटन र उद्योगबाट अर्घाखाँची जिल्लाको विकास गर्ने लक्ष्यका साथ पञ्चवर्षिय आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।  रुपन्देहीको पर्यटकीय स्थल लुम्बिनीमा सुरु सम्पन्न गोष्ठीले कृषि पशुपालन पर्यटन र उद्योगमा आधारित रहेर पञ्चवर्षिय योजना तर्जुमा गरेको छ । २०७२-७३ देखि ०७६-०७७ सम्मको पञ्चर्षिय योजना तर्जुमा गरिएको हो । 
स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले आवधिक योजना तर्जुमाले जिल्लाको विकासका लागि महत्वपूर्ण सहयोग पु-याउने बताउनुभयो ।  कलष्टर लेभलबाट सुरु गरेर जिल्लाका विभिन्न दर्जनौं विषयगत समितिका वैठक सक्दै अन्तिम अवस्थामा आएका छौं उनले भने, तुलनात्मक रुपमा छिटो काम सम्पन्न गर्न सकेका छौं । मन्त्रालयमार्फत युएनएफपिएको सहयोगमा १५ लाख भित्र काम सुरु भएको हो उहाँले थप्नुभयो  अपुग भए माग गर्ने छौं । उनले केन्द्रिय स्तरका व्यक्तिहरुको समेत उपस्थितिमा कार्यक्रम गर्नुपर्ने भएकाले लुम्बिनीमा गोष्ठी गरेको बताए ।  
२०७२-७३ देखि ०७६-०७७ सम्मको लागि गरेका योजना तर्जुमा
– अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने २ सय ४५ मेगावाट विद्युत क्षमता भएको  नौमुरे जलविद्युत आयोजनालाई सम्पन्न गर्ने योजना तर्जुमा गरेको छ । 
– जिल्लाको सन्धिखर्कमा एअरपोर्ट निर्माणको लागि प्रक्रिया अघि बढिसकेकाले यसलाई पूर्णता दिने भएको छ ।
– अर्घाखाँची जिल्लाका अधिकांश गाविसमा पानीको हाहाकार भएकोले जिल्लालाई सुख्खा गष्त क्षेत्र घोषणा गरि खानेपानीका योजनामार्फत पानी आपूर्ति सहज बनाउने भएको छ । 
– जिल्लाका हरेक वडाहरुमा सडक निर्माण भइसकेकाले अब सडकहरुलाई स्तरउन्नतीमा जोड दिइने भएको छ । 
– पाँच वर्ष भित्र भवन नभएका सम्पूर्ण गाविसका भवनहरु निर्माण हुने भएका छन् । 
– जिल्लामा क्याम्पसहरुका भवन नहुँदा स्कुलमा सञ्चालित छन् । 
– क्याम्पसका भवन निर्माण गरि पठनपाठनलाई सहज बनाउनुका साथै उच्च शिक्षा कोष स्थापना गरिने भएको छ । 
– कृषितर्फ कागती खेती बिस्तार गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ । 
– दुध, मासु, मह तरकारी ठूलो परिमाणमा आयत प्रतिस्थापन गरिने भएको छ ।
– जिल्लाका मनोरम प्राकृतिक ठाउँहरु जालकाँडा, घेराका लेक, घोर्लासी, पणेना र मसिनाको लेकको प्रचार प्रसारमा जोड दिइ त्यहाँका जडीवुटीको पहिचान जलाधार संरक्षण, जनावर तथा जैविक विविधताको संरक्षण गर्न जाघेघोपम प्रवद्र्धन कार्यक्रम लागू गरिने भएको छ । 
– दुई ओटा पर्यटकीय कोरीडोर सञ्चालन गरि एकिकृत पर्यटन विकास कार्यक्रम लागू  गरिने गरि योजना तर्जुमा गरिएको  छ । 
– विद्यालको शैक्षिक, भौतिक गुणस्तर अभिवृद्धि  गर्दै प्राविधिक तथा व्यवहारिक शिक्षालाई महत्व दिइने छ । 
– १५ शैयामा रहेको  जिल्ला अस्पतालाई ५० शैयामा वद्धि गरि दक्ष चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गरिने छ । 
– प्राकृतिक चिकित्सा प्रणलीलाई जोड दिँदै एक घर दश जडीवुटी अभियान सञ्चालन गरिने छ ।  
– लैङ्गिक हिंसा, जातिय विभेद, मानव बेचविखन, बालविवाह, घर भित्रको धुवाँ, प्लाष्टिक मुक्त, पूर्ण साक्षर र  दश गाविसलाई शुन्य गृह प्रसुरी मुक्त जिल्ला घोषणा गरिने भएको छ । 
– महिला, एकल महिलाको  क्षमता अभिवृद्धि गरि सशक्तिकरणका कामलाई अघि बढाइने भएको छ । 
– अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । 
– जिल्लामा रहेको वन क्षत्रको संरक्षण गरि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिने भएको छ । 
– सदरमुकाम तथा जिल्लाका मूख्य मूख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनालाई प्रभावकारी बनाउन सरसफाई गुरुयोजना तयार परिने छ । 
– जिल्लाको भू तथा जलाधार क्षेत्रको संरक्षण गरि प्राकृतिक प्रकोप न्यून गर्ने कार्यक्रम सञ्चालन गरिने छ । 
नेष्ट इकोकोड जेभिका टिम लिडर योगेशपूर्ण श्रेष्ठले समग्र आवधिक जिल्ला विकास योजना निर्माणका विषयमा  सहजिकरण गरेका थिए ।

अन्य समाचारहरु