ताप्लेजुङ । ताप्लेजुङमा आगलागीका घटना दोहोरिन थालेपछि फुङ्लिङ बजार क्षेत्रमा मैनबत्ती र टुकी निषेध गरिएको छ ।
आगलागीबाट सदरमुकाममा वर्षेनी ठूलो क्षति हुने गरेको भन्दै सदरमुकामको टोल सुधार समिति र अस्थायी प्रहरीचौकी व्यवस्थापन समितिको अगुवाइमा मैनबत्ती, मट्टितेलबाट बल्ने टुकीलगायत निषेध गरिएको हो । घरको दोस्रो तल्लादेखि माथि दाउरा बाल्न पनि निषेध गरिएको छ ।
समितिका अध्यक्ष नेत्रप्रसाद खतिवडाका अनुसार जिल्लामा शनिबारदेखि लागू हुने गरी मैनबत्तीसहित यी कुराहरुको प्रयोग निषेध गरिएको हो । यसको अनुगमनसमेत समिति आफैंले गर्ने जनाएको छ ।
ताप्लेजुङ सदरमुकाममा एक सातायता भएकोे आगलागीबाट ४४ घर जल्दा ४४ करोडभन्दा बढीको क्षति भएको छ । इमेजखबरमा समाचार छ ।