काठमाडौं । प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले सत्तारुढ दलहरुले सहमतिको लागि चित्तबुझ्दो प्रस्ताव ल्याए आफूहरु घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिन तयार रहेको स्पष्ट पारेको छ ।
विपक्षी मोर्चाले दोश्रो चरणको आन्दोलनको शुरु गर्न लागेकै दिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी यस्तो प्रस्ताव राखेका हुन् ।
संविधान लेखनमा देखिएको अवरोध हटाउन सहमतिको साटो प्रक्रियामै अघि बढ्ने सत्तारुढ दलहरुको तयारीप्रति भने एकीकृत माओवादीले असहमति जनाएको छ ।
प्रचण्डले सत्ताधारी दलहरुले सहमतिमै अघि बढ्ने विश्वासिलो प्रस्ताव ल्याए आन्दोलन फिर्ता लिने जानकारी दिए ।
गतिरोध तोड्नका लागि प्रधानमन्त्रीलगायत कांग्रेसका नेताहरुसँग आज भएको छलफल सकारात्मक रहेको उनको भनाइ थियो ।
साँझसम्मका कुनै न कुनै सहमति बन्ने विश्वास प्रचण्डमा पलाएको छ । यसैबीच एकीकृत माओवादीले सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने काम अदालतले गरेको भन्दै प्रधानमन्त्रीसँग आपत्ति जनाएको छ ।
निजी कम्पनीलाई अनलाईन भिषा प्रणाली सञ्चालन गर्ने अनुमति दिनु घातक हुने भन्दै प्रचण्डले यसतर्फ बेलैमा सचेत बन्न सरकारलाई सचेत गराए । इमेजखबरमा समाचार छ ।