संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्धारा भिसा प्रोसेसिङको सबै जिम्मा निजी कम्पनीलाई नदिन निर्देशन

काठमाडौं – संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भिसा प्रोसेसिङको सबै जिम्मा निजी कम्पनीलाई नदिन निर्देशन दिएको छ ।
भिसा प्रोसेसिङको सबै जिम्मा निजी कम्पनीलाई दिने गृह मन्त्रालयको विवादास्पद प्रस्तावप्रति सभासदहरुले आपत्ति जनाएपछि समितिको आइतबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । समितिको बैठकमा अधिकांश सभासदले भिसा प्रोसेसिङको जिम्मा निजी कम्पनीलाई दिनु राष्ट्रघात हुने भन्दै त्यसलाई तत्काल रोक्न माग गरेका थिए ।
बैठकले गृहमन्त्रालयको प्रस्तावबारे विस्तृत अध्ययन गर्ने पनि निर्णय गरेको छ ।
समितिको यसअघिको बैठकमा पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले भिसा प्रोसेसिङको प्रक्रिया सरकारले निजी कम्पनीलाई दिने तयारी गर्नु विचित्र रहेको भन्दै यो गैरजिम्मेवारीको पराकाष्ठा भएको बताएका थिए । ईकन्तिपुरमा समाचार छ ।