एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाद्धारा चैत्र १९ गतेको बन्दको कार्यक्रम फिर्ता

काठमाडौं । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले सरकारले सहमतिको ठोस प्रस्ताव नल्याएसम्म वार्तामा नबस्ने बताएको छ ।
सिंहदरबारमा सोमबार बसेको मोर्चाको बैठकले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले परामर्श बिना नै संविधानसभाको बैठक डाकेको भन्दै चैत्र २३ गतेको संविधानसभा बैठक बहिस्कार गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, मोर्चाले चैत्र १९ गतेको बन्दको कार्यक्रम फिर्ता लिँदै अनशन, घेराउ जस्ता कार्यक्रमहरु पनि नगर्ने निर्णय गरेको छ ।
साथै मोर्चाले डा. गोविन्द केसीका जायज माग पूरा गरी अनशन तोड्नु पर्ने र अनलाइन भिसाको जिम्मा विदेशी निजी कम्पनीलाई दिने प्रक्रिया तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । -इमेजखबरमा समाचार छ ।