मानब अधिकार तथा शान्ती समाज अर्घाखाँचीको शान्ती -र्याली, रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान नेपालले तत्काल अनुमोदन गर्नु पर्ने माग गर्दै मानब अधिकार तथा शान्ती समाज अर्घाखाँचीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 
सन्धिखर्कको शान्ती बगैचाबाट शान्ती -र्याली सुरु गरि जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । 
नँया संविधान मानवअधिकार सम्मत संविधान बन्नु पर्ने र  सदाका लागि दण्डहिनताको अन्त्य हुनुपर्ने माग गर्दै शान्ती रयाली सहित ज्ञापन पत्र बुझाएको शान्ती समाजका जिल्ला उपाधयक्ष माधब प्रसाद पौडेलले बताए । 
 शान्ती, लोकतन्त्र एवं अहिंसात्मक संस्कृतिलाई प्रवद्र्धन गर्ने दिशामा सुखद सुरुआतका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान नेपालले तत्काल अनुमोदन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको शान्ती समिति अर्घाखाँचीका सचिब प्रेमनारायण आचार्यले बताएका छन । 
कार्यक्रममा प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्यप्रसाद भुसाल , क्रान्तीकारी पत्रकार संघका जिल्ला अध्यक्ष गणेश खनाल, कर्मचारी संघका जिल्ला अध्यक्ष तारा प्रसाद खनाल, पत्रकार हरिप्रसाद नेपाली, जीतेन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।  

अन्य समाचारहरु