सशस्त्र द्धन्द्धकालमा भएका घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै छिनोफानो गर्न सरकारलाई आग्रह

काठमाडौं । सशस्त्र द्धन्द्धकालमा भएका घटनालाई राजनीतिक मुद्दाका रुपमा लिँदै सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै त्यसको छिनोफानो गर्न एकीकृत माओवादीलगायतका आधादर्जन माओवादीले सरकारलाई आग्रह गरेका छन् ।
एमाओवादी कार्यालय कोटेश्वरमा बुधबार बसेको ६ माओवादीको संयुक्त बैठकले विगतमा सशस्त्र युद्धका बेला तत्कालीन विद्रोही र राज्यपक्षबाट भएको ज्यादती, आक्रमण, बेपत्तालगायतका घटनालाई अदालतको मातहातबाट अघि बढाउन खोजिएको भन्दै आपत्ति जनाएको हो ।
यसका लागि प्रधानमन्त्रीलाई भेटेरै ज्ञापनपत्र बुझाउने निर्णय उनीहरुले गरेका छन् ।
यस्तै, उनीहरुले चैत्र २३ गते देशव्यापी विरोधका कार्यक्रम गर्ने निर्णय पनि गरेका छन् । आन्दोलनलगायतका कार्यक्रममा कार्यगत एकता गरेरै अघि बढ्ने र निकट भविष्यमै सबै माओवादी एक बनाउने विषयमा पनि बैठकमा छलफल भएको बैठकमा सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिए ।
बैठकमा पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा