अफ्रिकीमुलुक नाइजेरियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्वसैन्य शासक मुहाम्मादु बुहारी विजयी भएका छन् । वर्तमान राष्ट्रपति गुडलक जोनाथनले हार स्वीकार्दै बुहारीलाई बधाइ दिएका छन् ।
बुहारीले गुडलकभन्दा २० लाख बढी मत पाएको बताइएको छ । नाइजेरियामा पहिलोपटक राष्ट्रपति निर्वाचनमा विपक्षीको जित भएको हो । सत्ताधारी राष्ट्रपतिले चुनाव हारेको पनि यो पहिलोपटक हो ।
बुहारीको अल प्रोगेसिभ पार्टीका प्रवक्ताले आफ्ना नेताको जितपछि मुलुकका समस्या प्रजातान्त्रिक तवरबाट समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
सन् १९९९ देखि नाइजेरियाको राजनीतिमा जोनाथनको पिपुल्स डेमोक्रेटिक पार्टीको एकलौटी प्रभाव थियो । सन् १९६० मा बेलायतबाट स्वतन्त्र भएपछि नाइजेरियामा धेरैपटक सत्तापलट भएको इतिहास छ ।
अफ्रिकाकै ठूलो अर्थतन्त्र मानिने नाइजेरियामा सन् १९९९ मा वर्षौ लामो सैनिक शासनको अन्त्य भएको थियो । एजेन्सी