केन्याको उत्तर पश्चिमी गारिसास्थित गारिस विश्वविद्यालयमा नकाबधारी बन्दुकधारीहरुले गरेको आक्रमणमा कम्तिमा ४ जना मारिएका छन् भने ३० भन्दा बढी घाइते भएका छन् ।
बन्दुकधारीले विश्वविद्यालयमा अन्धाधुन्ध आक्रमण गरेकाले मर्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । कम्तिमा ५ जनाको संख्यामा रहेका बन्दुकधारीहरुले केही विद्यार्थीलाई बन्धक बनाएको बताइएको छ ।
सुरक्षाकर्मीले विश्वविद्यालयलाई घेरा हाली कारबाही अगाडि बढाइरहेको बताइएको छ ।
सोमालियासंगको सीमा जोडिएको गारिसामा सोमाली अल सबाब लडाकूले लगातार आक्रमण गर्दै आए पनि यो घटनामा भने कसको संलग्नत रहेको भन्ने स्पष्ट भैसकेको छैन । (एजेन्सी)