नवलपरासी । नवलपरासीका चिनी उद्योगीहरुले बैशाख १० गतेदेखि किसानहरुलाई उखुको भुक्तानी दिने जनाएका छन् ।
सरकारले उखुको मूल्य निर्धारण गरेपनि उद्योगीहरुले भुक्तानी दिन आलटाल गरेको भन्दै किसानहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले उद्योगीहरुलाई तत्काल भुक्तानी दिन निर्देशन दिएका थिए ।
सरकारले चैत्र १२ गते उखुको प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँ मूल्य निर्धारण गरेको थियो । प्रजिअ मैनालीको निर्देशनपछि उद्योगी र किसानबीच भएको वार्तामा बैशाख १० गतेदेखि भुक्तानी प्रक्रिया अगाडि बढाउने सहमति बनेको बताइएको छ । – इमेजखबरमा समाचार छ ।