रौतहट । स्थिति तनावपूर्ण बनेपछि स्थानिय प्रशासनले रौतहटको सदरमुकाम गौरमा दिउंसो २ बजेदेखि अनिश्चितकालका लागी कफ्र्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मदन भुजलेलले कफ्र्यू जारी गरेको जानकारी दिनु भएको हो । यसबीच प्रदर्शनकारी र प्रहरीबीच भने झडप जारी नै रहेको छ ।
भाटासहितको ठूलो संख्यामा आएका प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । प्रहरीहरुले स्थिती नियन्त्रणका लागि २० राउन्ड हवाइफायरसमेत गरेका छन् ।
प्रहरीले ज्यादती गरेको भन्दै गाउंगाउंबाट भाटा लिएर आइरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
गौरको बीपी चोकमा जारी झडपका क्रममा प्रदर्शनकारीले ना२झ ५८२ नम्बरको प्रहरीको भ्यान जलाएका छन् ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले २० सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
गएराति प्रहरी भ्यानबाट राम आशिष ठाकुरको मृत्यु भएपछि स्थिानिय झन आक्रोसित भएका हुन् ।
उद्योग वाणिज्य संघ रौतहटको अगुवाइमा बसेको बैठकले मृतकलाई शहिद घोषणा, क्षतिपूति दिर्नुपर्ने, घाइतेहरुलाई निशुल्क उपचार गर्नुपर्ने माग अघि सारेको छ । इमेजखबरमा समाचार छ ।