अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर अनिलकुमार आचार्थमाथि विशेष अदालतमा आज मुद्दा दायर गरेको छ। काठमाडौँमा कार्यरत आचार्यले सार्वजनिक पद धारण गरी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।
उनले पेस गरेको सम्पत्ति विवरण अस्वभाविक देखिन आएकोले अनुसन्धानका क्रममा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।
उनले काठमाडौंँमा ७ र ८ मा श्रीमती शोभाको नाममा घडेरी र घर समेत निर्माण गरेपछि सम्पत्तिको श्रोतसमेत पुष्टि हुन सकेको छैन। उनीको ७९ लाख ८ हजार १ सय ७६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलेको छैन्।
२०३८ साउन १४ मा सुपरभाइजर पदमा सेवा प्रवेश गरी उनी हाल वरिष्ठ प्राविधिक अधिकृत पदमा कार्यरत छन्। सेतोपाटीमा समाचार छ ।