जर्मनीको जर्मनविंग्स बिमान दुर्घटनामा मारिएकाहरुको शव खोज्ने कार्य समाप्त भएको घोषणा फ्रान्सका अधिकारीहरुले गरेका छन् ।
दुर्घटनास्थल आल्प्सको पहाडी इलाकामा कुनै पनि शव बाँकी नरहेको जनाउ दिदैं उद्धार कार्यमा जुटेका फ्रान्सका अधिकारीहरुले आफ्ना काम पूरा भएको बताएका छन् ।
यद्दपी बिमानको भग्नावशेषहरु हटाउने कार्य भने जारी रहने छ । एयरबस ए थ्रि ट्वेन्टी विमान केही साता अघि फ्रान्सको दक्षिणी पर्वत एल्प्समा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी चालक दलका ६ सदस्य र १ सय ४४ यात्रु गरी १ सय ५० जनाको मृत्यु भएको थियो । – एजेन्सी