अख्तियारद्धारा काठमाडौं महानगरपालिकाका शाखा अधिकृतलाई घुस लिँदैगर्दा पक्राउ

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका शाखा अधिकृत दीपक अधिकारीलाई ३ लाख ५० हजार रुपैयाँ घुस लिँदैगर्दा पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला बालकोट ४ स्थित रिनादेबी साहको घरमा तला थप्नका लागि नक्सा पास गराइदिने भनी घुस लिन लागेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
उजुरीको आधारमा खटिएको अख्तियारको टोलीले उनलाई रंगेहात पक्रेको अख्तियारले जनाएको छ । इमेजखबरमा समाचार छ ।