आम हडतालका कार्यक्रम फिर्ता लिन आग्रह

 काठमाडौं  । निजी क्षेत्रले एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चालाई मंगलबारदेखि गर्ने भनिएको आम हडतालका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
बन्द, हडताल जस्ता गतिविधिले राजनीतिक एवं आर्थिक रुपमासमेत मुलुकलाई झन् द्धन्द्धमा लैजाने भन्दै यस्ता गतिविधि बन्द गरी आन्दोलनको वैकल्पिक मार्ग अपनाउन निजी क्षेत्रले आग्रह गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका संघ-संस्थाले बन्द, हडतालले मुलुकको आर्थिक क्षेत्र तहसनहस हुने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।