चौतफी दबाव र आलोचना बीच ३० दलीय विपक्षी मोर्चाद्धारा तीन दिने आम हड्ताल

काठमाडौ – ३० दलीय विपक्षी मोर्चाले घोषणा गरेको आजदेखिको तीन दिने आम हड्ताल फिर्ता नहुने भएको छ । 
आज साँझ बसेको मोर्चाको बैठकले आम हड्ताल सशक्त बनाउने निर्णय गरेको छ । विरोधका कार्यक्रम फिर्ता लिन हिजो प्रधानमन्त्री सुशिल कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका थिए । 
३० दलीय विपक्षी मोर्चाले घोषणा गरेको आजदेखिको तीन दिने आम हड्ताल फिर्ता नहुने भएको छ ।तर, वार्ता कुनै नतिजामा पुगेको थिएन । संविधानसभालाई प्रक्रिया लैजान खोजेको भन्दै माओवादीलगायतले यसको विरोध गर्दै आएका छन् । मोर्चाको बैठकमा सहभागी सदभावना महासचिव मनिष सुमनले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म बन्दको कार्यक्रम रहने जानकारी दिए ।
आजै साँझ राजधानीका बागबजार लगायतका ठाउँमा विपक्षी मोर्चाले मसाल जुलुश पनि निकालेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार मिच्नेगरी सर्वोच्च अदालतले फैसला गरेको भन्दै ६ माओवादीले आज दिउसो राजधानीमा विरोध र्‍याली गरेका थिए । 
बन्द विहान ५ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने मोर्चाले जनाएको छ । बन्दको समिक्षा गर्न हरेक दिन साँझ ५ बजे शीर्ष नेताहरुको बैठक बस्ने निर्णय गरेको छ । ईकन्तिपुरमा समाचार छ ।