३० दलीय मोर्चाको तीनदिने आम हडतालले काठमाडौंबाहिर जाने यात्रुको बिचल्ली

काठमाडौं । ३० दलीय मोर्चाले आह्वान गरेको तीनदिने आम हडतालको पहिलो दिन मंगलबार काठमाडौंमा गाडीहरु सन्चालन हुन नसकेपनि काठमाडौंबाहिर जानका लागि राजधानीको नयाँ बसपार्कमा पुग्ने यात्रुहरुको भीडभाड नै रह्यो ।
साँझ ५ बजे बन्द खुलेपछि गन्तव्यमा जानका लागि घन्टौं हिँडेर सर्वसाधारण बसपार्कमा पुगेका हुन् । साँझ ५ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि बन्द खुल्ने जानकारी पाएपछि आफूहरु गन्तव्यतर्फ लागेको यात्रुहरुले बताए ।
बुधबार बन्द सुरु नहुँदै गन्तब्यमा पुगिसक्नुपर्ने बाध्यताले भने यात्रुहरुलाई चिन्तित बनाएको पाइयो ।

यस्तै, यातयात व्यवसायीहरुले पनि बन्द र हडतालबीच यात्रुहरुलाई लिएर सीमति समयमा गन्तव्यमा पुग्नुपर्दा आफूहरु मानसिक तनावमा हुने गरेको प्रतिक्रिया दिए । इमेजखबरमा समाचार छ ।