तीस दलको मोर्चामा विबाद आउनु, विभाजन हुनु स्वभाविक भएको एकीकृत नेकपा माओवादी टोपबहादुर रायमाझीको भनाई

एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले एउटै दलमा त पूर्ण सहमति हुन नसकिरहेको अवस्थामा तीस दलको मोर्चामा विबाद आउनु, विभाजन हुनु स्वभाविक भएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले भने-हामीले एउटा उद्देश्य प्राप्तीको लागि मोर्चा बनाएका हौ। कुरा मिल्दासम्म एकै ठाँउ बस्ने हो नमिले अलग हुने हो। फुट्ने जुट्ने काम भईरहन्छ । कसैको ठेक्का लिने काम सकिदैन।
रायमाझीले केही मधेसवादी दलहरुले बन्द फिर्ताको विरोध गरिरहेको र मोर्चा छाड्ने भनि अभिब्यक्ति दिईरहेको प्रति लक्षित गर्दै यो ठूलो कुरा नभएको बताए।
उनले सत्तारुढ दलका धेरै नेताहरु सहमतिको पक्षमा भएको र सहमतिकै लागि संविधानसभाको बैठकपनि स्थगित गरेकोले बातावरण निर्माणको लागि आफूहरुले आमहडताल फिर्ता लिएको जानकारी दिदै दलहरुवीच एक प्रतिशतमात्र सहमति हुन बाँकी रहेकोले राष्ट्र र जनतालाई केन्द्रमा राखेर बसे सहमति हुने विश्वास ब्यक्त गरे।
रायमाझीले आफूहरुले शासकीय स्वरूपकै लागि आफूहरुले हतियार उठाएको स्पष्टपार्दै भने-जे विषयलाई लिएर हामीले हतियार उठायौ , सहमति हुँदा त्यसलाई थातिराखेर संविधान बनाउन आफूहरु तयार भएका छौ। त्यसलार्य बेवस्ता गरेर नौ बुँदे प्रस्तावलाई प्रक्रियामा संविधान बनाउन सुरु गरिने प्रक्रियामा हामी फड्केको साक्षी बन्न सक्दैनौ ।
हतियार उठाएर यूद्व गरेको पार्टीले  शान्तिपुर्ण रुपमा गरेको आन्दोलनलाई कमजोरी नठान्न चेतावनी दिदै उनले अहिले आफूहरुले आमहडताल फिर्ता लिएर आन्दोलन रोकेको नभई त्यसको स्वरुपमात्र फेर्न खोजेको बताए ।
रायमाझीले सत्तारुढ दल ईमान्दार भएर आए सहमति हुने र त्यसपछि आफूहरु पनि संविधानसभामा जाने स्पष्टपार्दै सहमति नगरी प्रक्रिया अगाडि बढाए नयाँ ढंगले आन्दोलनमा जाने चेतावनी दिए । उनले भने-राजा ढाल्न २४० वर्ष लड्नु पर्यो । गलत चिजको निरन्तर विरोध गर्ने हो । अर्को पुस्ताले सम्म आन्दोलन गर्नु पर्ने हुन सक्छ ।
उनले दलहरुवीच मुठभेड र झगडा लगाएर अर्को ब्यवस्था लागू गर्ने षडयन्त्र भईरहेकोले त्यसप्रति सचेत हुन आग्रह गर्दै दलका नेताहरुलाई कुनै एक जिल्ला पकडेर जिल्लाको भन्दा देशको नेता हुने भावनाबाट उठ्न आब्हान गरे । सेतोपाटीमा समाचार छ ।