रौतहट – उद्योग वाणिज्य संघले आन्दोलन फिर्ता लिएको निर्णयलाई अस्विकार गर्दै ३० दलीय विपक्षी मोर्चाले गौर आन्दोलनको नेतृत्व लिएको छ ।
संघले बजार पसल खोेल्न आव्हान गरे पनि मोर्चाले खोल्न दिएन । दलहरुले गौर-चन्द्रनिगहपुर सडक खण्डका यातायात समेत बन्द गराएका छन् । बन्दले गौरको जनजीवन फेरि प्रभावित बनेको छ । बिपक्षी दलहरुले माग पुरा नभएको भन्दै पुनः बन्दको आव्हान गरेका हुन् ।
‘माग पुरा नहुदै बाणिज्य संघले आमहडताल फिर्ता लिएको छ,’ एम्ााओवादीका जिल्ला अध्यक्ष बिन्देश्वर यादवले भने, ‘माग सम्बोधन नभएकाले अबको आन्दोलनको नेतृत्व मोर्चाले लिएको हो ।’ बस ब्यवसायी संघ रौतहटका अध्यक्ष लालबाबु गिरिले यातायात संचालनको तयारीमा रहेको बेला मोर्चाले रोक लगाए पछि नचलाएको बताए । तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख नुरुल होदाले शहीद घोषणा, घाईतेको उपचार, उचित क्षतिपुर्ति लगाएतको माग पुरा नहुँदै संघले आन्दोलन फिर्ता लिएकोमा आपत्ति जनाए । ईकान्तिपुरमा समाचार छ ।