चैत्र ३० गतेभित्र सहमति नभए संविधानसभामा प्रक्रिया अघि बढ्ने

काठमाडौं  । सत्तारुढ दलका नेताहरुले चैत्र ३० गतेभित्र पनि विपक्षी दलहरुसँग सहमति हुन नसके प्रक्रियामा जानुको विकल्प नहुने बताएका छन् ।
विपक्षीले आन्दोलन फिर्ता लिनु सकरात्मक भएपनि बहुमतको जनादेश सम्बोधन हुने किसिमले सहमति गर्नुुपर्ने उनीहरुको भनाइ छ ।
राजधानीमा बुधबार आयोजित कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले अधिकांश विषयमा सहमति भइसकेको भन्दै केही जिल्लाको सीमांकन विवाद जुँगाको लडाइँ बनेको बताए ।
यस्तै, एमाले नेता भीम रावलले चैत्र ३० गतेभित्र सहमति नभए संविधानसभामा प्रक्रिया अघि बढ्ने बताए ।
यस्तै, एकीकृत माओेवादीका नेता टोपबहादुर रायमाझीले सत्तारुढ दल पछिल्लो समय सहमतिका पक्षमा देखिएको भन्दै सकरात्मक वातावरण बनेको बताए ।
कार्यक्रममा नेकपा-माओवादीका नेता देव गुरुङले भने सर्वपक्षीय भेलाको अडान दोहोर्‍याउँदै विवादित विषयमा प्रक्रियामा सहमति गरिनुपर्ने सुझाए । – इमेजखबरमा समाचार छ ।