इटालीको मिलान सहरमा रहेको एउटा अदालतमा बन्दुधकारीद्धारा गोली हानी ३ जनाको हत्या

इटालीको मिलान सहरमा रहेको एउटा अदालतमा बन्दुधकारीले गोली हानी ३ जनाको हत्या गरेका छन् ।
मिलानको प्यालेस अफ जस्टिस अदालतमा प्रवेश गरेका बन्दुकधारी क्लाउडियो जियार्डेलो उनीहरुको हत्यापछि मोटरसाइकल चढेर भागेका थिए । तर, उनलाई घटनास्थलबाट २५ किलोमिटर टाढाको अर्को सहर मोन्जा नजिकबाट पक्राउ गरिएको छ ।
बन्दुकधारी मिलानको एउटा बैंक लुटपाटको घटनामा मुद्दा खेपिरहेको व्यक्ति भएको प्रहरीले जनाएको छ । घटनापछि सहरको सुरक्षा व्यवस्थामै प्रश्न उठेको छ ।
अत्यन्तै कडा सुरक्षा व्यवस्था रहनुपर्ने अदालतभित्र बन्दुकसहित प्रवेश गरेर अपराधीले ३ जनाको हत्या गरेर फरार हुँदासमेत सुरक्षाकर्मीले केही गर्न नसकेको भन्दै प्रहरीको चर्को आलोचना भएको हो । (एजेन्सी)