काठमाडौं । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाभित्र चर्केको विवादका कारण शुक्रबार दिउँसोका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
तीनदिने आमहडताल फिर्ता लिइएपछि पहिलोपटक सिंहदरबारमा बोलाइएको बैठकमा अधिकांश मधेसी नेताहरु अनुपस्थित भएपछि बैठक नै नबसी स्थगित भएको हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतका नेताहरु सिंहदरबार पुगेपनि गच्छदार बाहेकका मधेसी नेताहरु उपस्थित भएनन् ।
मधेसी दलहरु छुट्टै आन्दोलनको तयारीमा लागेकाले उनीहरु एमाओवादी नेतृत्वको बैठकमा नगएको बुझिएको छ ।
तीनदिने आमहडताल फिर्ता लिनेक्रममा उपेन्द्र यादव, राजेन्द्र महतोलगायतले तीव्र असहमति जनाएका थिए । इमेजखबरमा समाचार छ ।