काठमाडौं । पूर्वमन्त्री तथा पूर्व बामपन्थी नेता सलिम मिया अन्सारीको शनिवार निधन भएको छ ।
उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका अन्सारी मृगौलाको समस्याका कारण अस्वस्थ थिए । उनको शनिवारै बारामा इस्लाम परम्परा अनुसार अन्तिम संस्कार गरिदैछ ।
तत्कालिन नेकपा मालेबाट एमाले हुँदै राजनीति गरेका अन्सारी एमालेको तर्फबाट दुई पटक बाराबाट सांसद निर्वाचित भएका थिए । उनी दुई पटक मन्त्री पनि भएका थिए ।
मुस्लिम समुदायबाट एमालेको उपल्लो तहमा पुगेका अन्सारी शाही शासनकालमा पार्टी छाडेर तत्कालीन राजाको सरकारमा मन्त्री भएका थिए । पछिल्लो समय उनी राप्रपा नेपाल हुँदै एमाओवादीमा पुगेका थिए ।
अन्सारीकी छोरी उषाकिरण अन्सारी एमाओवादीबाट समानुपातिक सभासद छिन् । छोरा युनुस अन्सारी नक्कली नोट कारोबारको अभियोगमा जेलमा छन् । उनलाई जेलमै हत्या प्रयास समेत भएको थियो । अन्लाईनखबर समाचार छ ।