इजिप्टको अदालतद्धारा मुस्लिम ब्रदरहुडका नेता मोहम्मद बादाइविरुद्ध मृत्युदन्ड दिने फैसला

इजिप्टको अदालतले मुस्लिम ब्रदरहुडका नेता मोहम्मद बादाइविरुद्ध मृत्युदन्ड दिने फैसला गरेको छ ।
अदालतले बादाइसहित अरु १३ जनाविरुद्ध राज्यविरुद्धको अपराधको योजना गरेको ठहर गर्दै मृत्युदन्डको सजाय सुनाएको हो । अदालतले अरु व्यक्तिलाई सोही आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ ।
इजिप्टमा सन् २०१३ मा राष्ट्रपति मोहम्मद मुर्सीलाई सत्ताच्यूत गरेपछि उनको ब्रदरहुड पार्टीका सयौं समर्थकलाई मृत्युदन्डको सजाय सुनाइएको छ ।
मुर्सीको ब्रदरहुड पार्टी अहिले प्रतिबन्धित छ । (एजेन्सी)