सुपा देउराली नरपानीमा पर्यटन महोत्सब हुने

प्रेमनारायण आचार्य



नरपानी, अर्घाखाँची २९ चैत । पर्यटकीय स्थल अर्घाखाँचीको नरपानीमा एक दिने पर्यटन महोत्सब हुने भएको छ । 

 



 

पर्यटकीय स्थलहरु नर्तनाञ्चल पर्बत, सुपा देउराली र खाँचीकोट  दरबारको प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उदेश्यले महोत्सवको आयोजना गरिएको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष प्रीतम थापाले बताए । 

 



 

मेलामा स्थानीय मगर तथा गुरुगं जातीका भेसभुसा, नाच, गित, खाना तथा झाकी,सहित राष्ट्रिय स्तरका लोक कलाकारहरुको समेत प्रस्तुती रहने महोत्सब आयोजक नर्तनाञ्चल युबा कल्बका अध्यक्ष मेगबहादुर थापाले बताए । 



धार्मिक पर्यटकीय स्थल सुपा देउराली, पृथ्बी नारायण शाहको मावली खाँचीकोट दरबार तथा पर्यटकीय स्थल नरपानी र नर्तनाञ्चल पर्बतको प्रचार प्रसार गरि आन्तरि तथा बाह्य पर्यटक भित्रयाउनका लागि महोत्सब आयोजना गरिएको हो । 

 



 

गोरुसिंग सन्धिखर्क सडकमा पर्ने नरपानीमा हुने मेला अबलोकनकालागि गोरुसिंगेबाट झण्डै ५४ किलो मिटरको यात्रा गर्नु पर्छ । तराइको गर्मीबाट झण्डै डेढ घण्टाको गाडी यात्रामा नरपानीमा आउन सकिन्छ । नरपानी चिसो ठाउ हो । यहा अहिले पनि रातीमा सिरक ओढेर सुत्नु पर्ने तथा हिमाल पनि हेर्न सकिन्छ । 

 

   मेलामा राष्ट्रिय लोक गायक राजु परियार , सहित राष्ट्रिय तथा अन्य स्थानीय कलाकारहरुको समेत बजोड प्रस्तुती रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतीष्ठानका जिल्ला अध्यक्ष सहयोगी बिसीले बताए । 

 



 

सुपा देउरालीमा आएर पाठो तथा पाठीको बली दिने र नरपानीमा आएर बनभोज जस्तै गरि देउराली खाने र नाच्ने गाँउने गर्न अर्घाखाँचीका अलवा कपिलबस्तु, रुपन्देही, दांग, बाके, नवलपरासी, गुल्मी, पाल्पा लगायतका जिल्लाबाट दर्शनाथीेहरु आउने गर्दछन । 

 

अन्य समाचारहरु