बाग्लुङ । बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ मा भएको संविधान सभा उपनिर्वाचनमा काँग्रेस उम्मेदवार चम्पादेवी खड्का विजयी भएकी छिन् ।
३८ हजार दुई सय मत खसेकामा खड्काले १७ हजार एक सय ५४ मत प्राप्त गरिन । उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी मनकुमारी केसीले १५ हजार ६८ मत प्राप्त गरिन ।
एकीकृत माओबादीको भने जमानत जफत भएको छ । माओवादीका उम्मेदवार कृष्णबहादुर केसीले दुई हजार पाच सय पाँच मतमात्र गरे । उनको जमानतसमेत जफत भएको छ।
यसअघिको निर्वाचनमा विजयी भएका काँग्रेसका हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनमा हरिबहादुरकै श्रीमती चम्पादेवीले विजय हासिल गरेकी हुन ।
तीन स्वतन्त्रसहित १३ जना चुनावी मैदानमा थिए । नेकपा-माओवादी बैद्य समूह, चन्द समूह र नेकपा एकीकृतले निर्वाचन बहिष्कार गरे पनि जिल्लामा कुनै घटना भने भएन । इमेजखबरमा समाचार छ ।
वागलुङ – संविधानसभा सदस्यका लागि भएको बागलुङ क्षेत्र नं. १ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार चम्पादेवी खड्काले अग्रता कायमै राखेकी छन् ।
एमालेकी मना केसीसँग आमने सामने भएकी खड्काले मतगणनाको आखिरी समयमा अग्रता बढाइन् । जारी मतगणनामा एमाओवादीका कृष्ण केसीले खड्का र केसीको तुलनामा नगण्य मत पाएका छन् ।
ताजा अवस्थाः
कुल गणना भएको मतः ३२८३१
कांग्रेसः १४२५९
एमालेः १३११८
एमाओवादीः २२८६
संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित सभासद् हरिबहादुर खड्काको मंसिर २१ गते दुर्घटनामा निधन भएपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो ।
कांग्रेसले स्व. खड्काकी पत्नी चम्पादेवीलाई उम्मेदवार बनाएको हो ।
शनिवार विद्युतीय मेसिनबाट भएको मतदानमा ७३ दशमलब ३४ प्रतिशत मत खसेको थियो ।
५२ हजार २ सय २ मतदाता रहेकोमा ३८ हजार २ सय ९० मत खसेको थियो । निर्वाचनमा १० राजनीतिक दल र स्वतन्त्र गरेर १३ उम्मेदवार मैदानमा थिए ।
संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसका खड्काले १३ हजार ५ सय मत पाएका थिए भने एमालेका
हिराबहादुर खत्रीले ११ हजार ९ सय ६३ मत पाएका थिए । तेस्रो स्थानमा रहेको एमाओवादीका कृष्णबहादुर केसीले ६ हजार ३ मत पाएका थिए । ईकन्तिपुरमा समाचार छ ।