भारतको छत्तीसगढमा माओवादीसँगको भिडन्तमा प्लाटुन कमाण्डरसहित प्रहरीका सात जवान मारिएका छन् । माओवादी लडाकुसँगको दोहोरो भिडन्तमा दश जना भन्दा बढी जवानहरु घाइते भएका छन् ।
केही दिनयता प्रहरीले सुकमा जिल्लाको अलग अलग स्थानमा माओवादी विरुद्ध कारवाही अभियान चलाउँदै आएको छ ।
यसक्रममा शनिबार सुरक्षाकर्मीलाई लक्षित गरी माओवादीले एम्बुस थापेको भारतीय अधिकारीहरुले बताएका छन् । एजेन्सी