बागलुङ उपनिर्वाचन : पहिचानवादीहरूको जमानत जफत

– दिलनिशानी मगर
चैत्र २८ गते साँझ बागलुङ क्षेत्र नम्बर १मा संविधानसभाको उपनिर्वाचन सफलतापूर्वक सकियो। कुनै धाँधली र ठूलो क्षति हुने गरी झडपका घटना हुन पाएनन्। यसपालि मोटरसाइकलको हावा खुस्काइदिएको घटना सुन्नु परेन। मतपेटिका साटिएको विषयमा पनि दलहरूबीच आरोप-प्रत्यारोप भएको छैन। मतपेटिका नै साटन त मतपेटिकाभित्र एकछापे मतपत्र हुनु पर्थ्यो। यसपालि विद्युतीय भोटिङ मेसिनमार्फत् मातादेश संकलन गरिएकाले मतपेटिका साटिने सवालै भएन।
तर, दुर्भाग्य भनौँ- कांग्रेसी गीत गाएर हिँडेका गायक रामजी नेपाली कुटिए। कुटपिटमा संलग्न भन्दै जिल्ला प्रहरीले नेकपा एमालेका केही युवा कार्यकर्तालाई पक्राउसमेत गर्‍यो। त्यसकै विरोधमा नेकपा एमाले सडकमा उत्रियो र मतगणना निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भयो।
ढिलो भए पनि एमाले मतगणनामा समाहित हुन पुगेका थिए। कुटपिटमा संलग्न दोषीलाई छुटाउने कुरासँग एमालेको स्वाभिमान गाँसिएको छ भने घाइते कलाकारको उपचार कांग्रेसले गरिरहेको छ। खासमा हामीले बुझ्नुपर्ने कुरा के हो भने निर्वाचनको समयमा गाउँघरतिर छिमेकीहरूबीच भनाभन हुने, बुथनजिक तानातान गर्दा कमिज च्यातिने, भागडौड गर्दा घुँडा फुक्लिने तथा जोशमा हात हालाहाल गर्दा अनुहारमा गहिरो चोटपटक लाग्ने कुरा त सामान्य नियमितताजस्तै हुन गयो। अझ बागलुङ वामपन्थीको पुरानो गढका रूपमा चिनिन्छ, यस्ता घटना चुनावका बेला भएनन् भने यहाँका युवालाई राजनीतिको मजा नै आउँदैन जस्तो छ।
धन्न यसपालि विद्युतीय भोटिङ मेसिनको उपयोगका कारण बुथ कब्जा भन्ने कुरै उठेन। यसलाई प्रविधिको जित भएको पनि भन्छु म त। मतदान स्थन तोकिएका सबै गाविसका मतदान केन्द्रमा कच्ची सडकको पहुँच भएकाले २७ गते शनिबार राति नै जिल्लाको १९ गाविस र १ नगरपलिकामा रहेका ७० मतदान केन्द्रबाट विद्युतीय भोटिङ मेसिन सदरमुकाम ल्याई निर्वाचनको निर्वाचन अधिकृतको कार्यालयमा राखिएको थियो। जम्मा एक निर्वाचन क्षेत्रमा निर्वाचन गराउने जनशक्ति र सुरक्षाको कमी भएन।
निर्वाचन कार्यालय बागलुङका अनुसार कुल मतदाता संख्याको ७३.८४ प्रतिशत मत खसेको थियो, जसमा ५२ हजार २ सय मतदातामध्ये ३८ हजार २१ जनाले मतदान गरेका थिए। उपनिर्वाचनमा पनि प्रतिशतको आधारमा यति मत खस्नु अस्वाभाविक होइन।
मतगणना सम्पन्न भएको छ। कांग्रेसकी चम्पादेवी खड्का १७१५४ प्राप्त गरी विजयी भएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेद्‌वार मना केसीले १५०६८ मत पाएकी छिन्।
एमाओवादी र अन्य साना दलहरूको प्राप्त मत नगन्य मात्रामा छ । एमाओवादीले जम्मा २ हजार पाँच यसय २५०५ प्राप्त गरेको छ। यसलाई जिल्लावासीहरूले लज्जास्पद हार भन्दै सामाजिक सञ्जालमा आफ्ना विचार पखिरहेका छन्। राजनीतिक पृष्ठभूमि नभएकी चम्पादेवीलाई स्वर्गीय पतिको योगदानका कारण जनताको मत खसेको हो। यहाँ