बाबु रोका मगर
समय गतिशिल छ सबैले जानेको , बुझेको कुरा हो। अहिलेको समय निकैनै तिब्र गतिमा दौडीरहेको अबस्थामा देशका दरिला खम्बा मानिने हाम्रा नेपाली युवाहरु पनि समयको बेग संगै बिदेशी भुमी तर्फ भागदौडमा तछाड मछाड गर्दै भागिरहेका छन् । जसले गर्दा देशलाइ नकारात्मक असर परेको छ युवा अबस्थामा हुने दिमाग,जोश, जाँगर भएजति अन्य मुलुकलाई काम दिनको निम्ति आफै खर्चेर विभिन्न देशहरुमा कडा परिश्रम गर्दै बस्न सक्ने युवाहरु हामि आफ्नै देशमा आफैले खाएको थाल धुन हिच्किच्याउछौ ।
हामि आफै आफ्नो देशमा केहि गर्न चाहदैनौ खालि हामीहरु अरुलाई मात्र आरोप प्रतिआरोप लगाईरहेका हुन्छौ । हामि युवाहरुले आफ्नो बुद्दि र बिचार सहि स्थानमा प्रायोग गर्न नसक्दा देशले पनि यो अबस्था झेल्नु परेको छ त्रिभुवन अन्तरराष्ट्रिय बिमान स्थल बाट प्रत्येक दिन हजारौ को संख्यामा बिदेश पलायन हुने युवाहरु ले एक पटक आफ्नो जन्मभूमि नेपाल लाइ फर्केर हेर्दा कस्तो होला ? हो हामि सबै युवाहरुलाई थाहा छ कि हामीहरु बिदेश पसेर गलत गरेका छौ भला आफ्नो ब्याक्तिगत फाइदा अबश्य उठाईरहेका छौ तर यसले भबिष्यमा हामि र हाम्रो सन्तति हरु प्रति कस्तो असर पार्ने छ यो कुरा सबै युवाहरुलाई थाह नहुन सक्छ र अहिलेको समयमा यो बाध्यता पनि हो कारण बेरोजगार ।
किनकि हाम्रो देश नेपालमा सधै एकआपासमा खिचातानी बन्द हडताल एउटा परम्परा रितिरिवाज नै बनेको छ जसले गर्दा युवाहरुको मनोबल प्रति ह्रास बढेको छ । गर्ने सबैको बिचार हुदैन बिचार हुनेहरुलाई सहयोग हुदैन सरकारमा बस्नेहरु दिनरात घुसखोरी र भ्रष्ट्रचारी कसरि गर्ने यहि कुरामा एकाग्र भएका छन् युवाहरुको मन मस्तिष्कमा विदेशको नशा घोलिदिएका छन् । हो कतिपय युवाहरुले बिदेशमा राम्रो आम्दानि गर्नु भएको होला तर त्यो आम्दानि भन्दा बढी आफ्नो देशबाट बन्चित हुनु पर्ने अबस्थापनि नआउला भन्न सकिदैन ।
हामि युवाहरु भित्र एकता कायम भयो भने हामि देशलाई क्षेण भरमै सकारात्मक तथा नयाँ ढंगले बदल्न सक्छौ र यो हाम्रो कर्तब्य अनि दायित्व पनि हो । हाम्रो नेपाल लाइ आजको सताब्दीमा अन्य मुलुक संग दाँज्ने औकात हामि संगै छैन । हामी भित्र को कमि हामि बिदेशी फेसन, रितिरिवाज बोल्ने ढांचा आदि इत्यादिको त नकल हु-बहु उतार्न सक्छौ तर बिदेशीहरुले गरेका आर्थिक, बिकासका अनि भौतिक कामहरु प्रति चासो दिदैनौ हामीले हामीभित्र भएका कमीकमजोरी लाइ सहि मार्गमा ल्याउन नित्यान्तै आबश्यक छ । हामीहरुले आत्मा देखिने देश प्रति काम गर्ने अठोट गर्न सक्छौ भने मार्गहरु चारै तर्फ खुल्ला छ यस कार्यका लागि प्रयाप्त युवाहरुको सहभागिता हुन आजको आबश्यक हो ।
त्यसैले अबको समय भनेको बिदेश पसेर पैसा कमाउनु होइन स्वदेशमानै बसेर देश को आर्थिक बिकास र उन्नतिको लागि विश्वमा छरिएर बसेका सबै बर्गका युवा-युवतीहरु ले हातमा हात र काँधमा काँध मिलाई देशको सर्बांगीण बिकासमा एक जुट हुनु पर्ने अबस्था आएको छ । हामीलेनै नगरे कसले गर्छ त अब देश बिकास ? समयले हामि नेपाली युवाहर्लाई धेरै पछि छोडी सकेको छ अब हामि त्यो शिखर चुम्नु पर्छ भोलिका दिनहरुमा हाम्रा सन्तति हरुले गर्वको साथ भन्न सकुन कि हामि नेपाली हौ नेपाल हाम्रो राष्ट्र हो ।
अब कतै ढिला नगरी आ-आफ्नो क्षेत्रमा देशको लागि कामगरि परिचय बनाएका सम्पूर्ण अग्रगामी युवाहरु भ्रष्ट्रचार अनि आन्तरिक तथा बाहिया हस्तक्षेप बिरुद्द धावा बोल्नु पर्ने छ किनकि देशमा हामीले भ्रष्ट्रचार रोक्न सक्यौ भने चौध लाख नेपाली हरुले नेपालमा नै रोजगार पाउने ब्यबस्था मिलाउन सकिन्छ । कहिले सम्म हामि विजामा ठप्पा लगाउदै अरुको देशमा अमुल्य रगत पसिना बगाउने ? हामि पनि अन्य देशका मान्छेहरुलाई हाम्रो देशको विजामा ठप्पा लगाएर काम गराउने बाताबरण को शिर्जना गर्न सक्नु पर्छ गरे कसो नहोला ? “जय जन्मभुमि जय देशभक्त युवा”