अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले सन् २०१६ मा हुने राष्ट्रपति पदको चुनावका लागि डेमोक्रेटिक पार्टीमा उम्मेदवारी घोषणा गरेकी छन् ।
आफ्नो अभियानको वेबसाइट सुरु गर्दै हिलारीले आफू अमेरिकी जनताको च्याम्पियन बन्न चाहेको बताइन् । ह्वाइटहाउसको यात्रा सहज बनाउनका लागि उनले इओवाबाट प्रचार पनि सुरु गरेकी छन् ।
हिलारीले सन् २००८ मा पनि पार्टीभित्र राष्ट्रपति पदका लागि उम्मेदवारी दिएकी थिइन् । तर, उनी वर्तमान राष्ट्रपति बराक ओबामासँग पराजित भएकी थिइन् ।
हिलारीका पति बिल क्लिन्टन अमेरिकाका ४२औं राष्ट्रपति रहेका थिए । यदि हिलारीले राष्ट्रपति चुनाव जितेमा उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछन् । (एजेन्सी)