आजदेखि काठमाडौंमा प्लास्टिक झोला बिक्री वितरण र प्रयोगमा रोक, ५० हजार रुपैयाँसम्म जरिवाना गरिने

काठमाडौं  । सरकारले आजदेखि उपत्यकामा प्लास्टिक झोला बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ ।
रोक लगाइएको काम गरेमा वातावरण संरक्षण ऐन अनुसार ५० हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ ।
यसै अवसरमा प्लाष्टिक झोला मुक्त काठमाडौं भन्ने नाराकासाथ आज बिहान जनचेतना र्‍याली निकालियो ।
प्लाष्टिक झोला मुक्त सहर हामी सबै नेपालीको रहर, नयाँ बर्षको संकल्प कागज कपडा बिकल्प ,प्लाष्टिक झोलाको प्रयोग गर्दिन गर्दिनलगायत चेतनामुलक प्लेकार्ड र ब्यानरसहित भृकुटीमण्डपबाट निकालिएको -याली इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क हुँदै पुनः भृकुटी मण्डप पुगेर समापन भएको थियो ।
र्‍यालीमा बिभिन्न राजनीतिक दलका नेता, वातावरणविद्, वातावरणको क्षेत्रमा काम गर्ने बिभिन्न संघ-संस्था, नागारिक समाज र बिद्यार्थीहरु सहभागि थिए ।
व्यवस्थापिका संसद्को वातावरण संरक्षण समितिको गत भदौमा बसेको बैठकले प्लाष्टिक झोलामुक्त उपत्यका बनाउन सरकारलाई निर्देशन दिएको थियो । इमेजखबरमा समाचार छ ।