इरानको परमाणु कार्यक्रममा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने रुसको फैसलाप्रति अमेरिकाले आपत्ति जनाएको छ ।
अमेरिकी विदेशमन्त्री जोन केरीले रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभसंगको टेलिफोन बार्तामा आपत्ति प्रकट गरेका हुन् ।
रुसले भने यसअघि सन २०१० यता लगाएको एकतर्फी नाकाबन्दीको अब कुनै औचित्य नभएको बताएको छ ।
यसैबिच, अमेरीकाले इरानको विवादास्पद परमाणु कार्यक्रममा लगाएको प्रतिबन्ध संयुक्त राष्ट्रसंघका प्रतिनिधीहरुको सहभागीतामा जारी भएकाले आगामी जुनमा हुने सम्झौता भन्दा अघि परमाणु कार्यक्रम माथिको प्रतिबन्ध हटाउन नमिल्ने बताउँदै आएको छ ।
परमाणु कार्यक्रमबारे इजरायले समेत बिरोध जनाउँदै आएको छ । उता इरानी रक्षा मन्त्री हुसेन देहगानले भने रुसको फैसलाले आफनो क्षेत्रमा स्थिरता र सुरक्षा कायम गर्न सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । एजेन्सी