काठमाडौ – अर्थशास्त्री एवं पूर्व सचिव डा. भोलानाथ चालिसेको मंगलबार विहान निधन भएको छ । उनी ६५ वर्षका थिए । उनी एक वर्षदेखि मृगौला रोगबाट पीडित थिए ।
खुला तथा उदार अर्थनीतिमा अष्ट्रियाबाट विद्यावारिधि गरेका चालिसे सरकारी सेवामा रहँदा नेपालमा औद्योगिक नीति तथा वैदेशिक लगानीसम्बन्धी कानून निर्माण सक्रिय थिए ।
त्यसअतिरिक्त निजी क्षेत्रलाई लगानीमा उत्प्रेरित गर्न कम्पनी ऐन बनाउन उनको भूमिका रह्यो । उनले एकाधिकारवादी नीतिलाई खुला बनाउँदा निजी क्षेत्रलाई प्रतिस्पर्धामा ल्याउन सक्रियता प्रदर्शन गरेका थिए ।
सचिवबाट अवकाश उदार अर्थतन्त्रसम्बन्धी लेखन र परामर्श सक्रिय चालिसे नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक समेत भएका थिए । ईकन्तिपुरमा समाचार छ ।