प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २ बैसाख । बाली देखि थाली सम्म खाना स्वच्छ स्वस्थ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिबसको अबसरमा अन्तरक्रियात्मक जानकारी मुलक कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
अन्न, तरकारी, फलफुल, दुध तथा दुध जन्य पदार्थहरुको कसरी उत्पादन प्रकृया देखि मानिसले खाने वेला सम्म कसरि स्वच्छ र स्वस्थ बनाउन सकिन्छ भन्ने बिषयमा जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका प्रमुख डा. जगन्नाथ तिवारी,जिबिसका योजना अधिकृत हरिस्चन्द्र भुसाल, लगायतले जानकारी गराउनु भएको थियो ।
नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, सदस्य ज्ञानबहादुर बिक, राप्रपाका जिल्ला अध्यक्ष देबीबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल पशु सेवा कार्यलयका प्रमुख डा. रामनारायण मण्डल,कृषि बिकास कार्यलयका वाली संरक्षण अधिकृत थीरप्रसाद गैरे, जिल्ला स्वास्थ्य कार्यलयका लिलाराज गौतम, अनिल ढुंगाना लगायतले मानिसको खाना तथा खाना जन्य पदार्थलाइ कसरि स्वच्छ बनाउन सकिन्छ भन्ने बिषयमा आआफ्नो धारणा राख्नु भएको छ ।
सरकारी कार्यलयका प्रमुख, राजनितिक दलका नेता, संघ सस्थाका प्रतिनिधि र सञ्चारकर्मिको सहभागिता रहेको कार्यक्रम जिल्ला स्वास्थ्य कार्यलयका रामप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।