काठमाडौं । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको दोहोरो भूमिकाले राजनीतिले सही दिशा लिन नसकेको आरोप लगाएका छन् ।
रिपोर्टस् क्लबले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले विपक्षी मोर्चामा रहेर आन्दोलनको घोषणा गर्ने दाहालले सत्तापक्षसँग मिलेर आन्दोलन फिर्ता लिनु दुर्भाग्यपूर्ण भएको बताए ।
दोहोरो चरित्र अन्त्य नहुन्जेल आफू एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठकमा सहभागी नहुने यादवको भनाइ थियो ।
उनले मधेसी जनताको भावनालाई सम्बोधन गर्नुको साटो मधेसी दल र नेतालाई प्रयोग गरेर दाहाल अघि बढ्न खोजेको भन्दै त्यसलाई सफल हुन नदिने बताए ।
यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार मधेसीको भावनाभन्दा सत्ता र पैसामुखी राजनीतिमा लागेको आरोपसमेत लगाए । इमेजखबरमा समचार छ ।