अर्घाखाँचीका युवा अम्बरिश पोख्रेल ९५ औ अमेरिकन मौसमविद साधारण सभाबाट प्रथम पुरस्कारले पुरस्कृत भएका छन ।
त्रिभुवन बिस्वबिद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसमा सन् २००३ देखि असिस्टेन्ट प्रोफेसरमा कार्यरत अर्घाखाँची जिल्ला, सन्धिखर्क, न. पा. वार्ड नम्बर ७ निबासी गुरुकुल परिवारमा पिता रामचन्द्र तथा माता चित्रकला पोखरेलको कोखबाट जन्मेका छोरा अम्बरिश पोख्रेल जापानको एक उत्कृस्ट बिस्वबिध्यालय मध्येको एक होक्कैदो बिस्वबिध्यालयमा पी एच डी को अनुसन्धानको क्रममा ९५ औ अमेरिकन मौसमविद साधारण सभाबाट प्रथम पुरस्कारले पुरस्कृत भयका छन् ।
यसरी उनको त्यो अनुसन्धान कम्तिमा पनि अमेरिकन मौसमविद समाजको नजरमा यो बर्स २०१४ को लागी उत्कृस्ट अनुसन्धान हो । यसरी हाल जापानमा गरिएको बाताबरण तथा मौसम सम्बन्धी उनको अनुसन्धान अमेरिकन मौसंबिद समाजको प्रथम पुरस्कारले पुरस्कृत हुने पहिलो नेपाली बैज्ञानिक युवा हुन् । १० हजारभन्दा बढी सदस्य भयको यो समाज बिस्वको ठुलो समाज मध्यकै एक मानिन्छ ।
जापानको होक्कैदो बिस्वबिध्यालय र यो संग सम्बन्धित अर्को एउटा अनुसन्धान केन्द्रको होमपेजमा समेत पोखरेलको नाम अंग्रेजी र जापानी भाषा दुबैमा सुनौलो अक्षरमा लेखि सकेको छ ।
स्मरण रहोस यो होक्कैदो बिस्वबिध्यालयले नोबेल पुरस्कार देखि थुप्रै अन्तरास्ट्रीय पुरस्कारहरु जितेको छ ।
पोख्रेलले जिल्लाको सामान्य सरकारी स्कुल जन ज्योति र त्रि चन्द्र क्याम्पसमा आइ एस्सी (I.Sc.), बि एस सी (B.Sc .) र क्रितिपुरमा मास्टर तह पुरा गरेका हुन् ।
अहिलेको अनुसन्धान बिसेस गरी उत्तरी गोलार्धमा केन्द्रित भएको हुदा दक्षिणी गोलार्धसंग के कति समानता वा असमानता छ भनेर खोज्ने पो होकी भन्ने योजना अन्तर्गत अब त्यसको लागी अन्टार्टिका महादेशलाइ केन्द्र बिन्दु मानेर काम गर्ने पोख्रेलले बताए ।
यहाँ खोजी गर्नुपर्ने कुराहरु धेरैनै छन् । त्यो खोज यती धेरै गहिराई तिर पुगेको छ कि एकजनाले एउटा रुखको सानो हागा को पनि सानो हागा समातेर अनुसन्धान गर्नु पर्ने भईसकेको छ । संसारमा अब त्यही हुदै छ । त्यसको बिकल्प अब निकै कठिन काम हो । अब एउटा मसिनो हागाको अनुसन्धान गर्ने मान्छेले वा बैज्ञानिकले अर्को हागाको अनुसन्धान गर्न वा त्यो बारेमा बताउन निकै गार्हो हुदै छ ।
अर्को रुखको हागाको बारेमा त झन् गारो कुरा । चाख लाग्दो कुरा के छ भने, एकथरी मान्छेहरुले मौसम वा हावापानीको मात्र, एकथरीले भुगर्व शास्त्र र अर्को थरीले रसायन शास्त्रको मात्र अनुसन्धान गर्ने गरेका छन् ।
अझ ती शास्त्र भित्रको पनि एउटा सानो हागा को अनुसन्धान गर्ने र गराउने चलन छ । यसको कारण त प्रस्ट नै छ । तर उनले प्रस्तुत गरेको अनुशन्धानले कम्तिमा पनि माथी उल्लेख गरेका रुखहरुको हागाहरुको कारणले हाम्रो बाताबरणमा हुने गरेका ठुलो संख्याका योगीकहरुको समुह र उपसमुहरु माथी के कस्तो असर परेको थियो ? तिनीहरु कहाँ-कहाँबाट र कसरी- कसरी जम्मा हुने गरेका थिय ? तिनीहरुको उत्पादन, बिनाश वा एक प्रकारको योगीकहरुको समुह कसरी र किन अर्को प्रकारको योगीकहरुको समुह वा उप समुहमा परिबर्तन हुने गरेका थिय भन्ने कुरा देखाउने प्रयास गरियको छ ।
अर्थात् एउटा रुखको हागो र अर्को रुखको हागो बिचमा समेत के कस्तो सम्बन्ध छ भन्ने कुरा प्रस्तुत गरियको छ । जब कि ति दुई रुखहरु समेत एउतै जातका होइनन ।