मौसमी सिजनल फ्लु बिरामी बढेपछि जाजरकोटका सबै बिद्यालय बन्द

जाजरकोट  । जाजरकोटमा मौसमी सिजनल फ्लुका कारण दैनिक रुपमा बिरामी बढेपछि जिल्लाका सबै बिद्यालय बन्द गरिएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले आजबाट लागू हुने गरी जिल्लाका ४ सय ३२ बिद्यालय बन्द गरिएका हुन् ।
बिद्यालयमा धेरै मानिस जम्मा हुने भएकाले त्यहांबाट छिटो संक्रमण बढ्ने भन्दै बिद्यालय बन्द गरिएको जनाइएको छ ।
प्रभावित गाउंहरुमा आजबाट नेपाली सेनाको चिकित्सकसहितको टोलिले पनि उपचार शुरु गरेको छ ।
जाजरकोटमा दुई साता यता फैलिएको टाउको दुख्ने, बान्ता आउने र ज्वरो आउने रोगका कारण हालसम्म १७ जनाले ज्यान गुमाईसकेका छन् । जसमा तीन जनामा स्वाइन् फ्लु संक्रमण देखिएको थियो । इमेजखबरमा समाचार छ ।