भारतले क्यानाडासंग तीन हजार टन युरेनियम खरिद गर्ने भएको छ ।
क्यानाडा भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानाडाका प्रधानमन्त्री स्टीफन हार्परबीच भएको सम्झौता अनुसार भारत क्यानाडासंग तीन हजार टन युरेनियम खरीद गर्ने सम्झौता भएको हो ।
परमाणु कार्यक्रम सञ्चालनका लागि भारतले आगामी पाँच बर्षभित्रमा युरेनियम खरिद गर्ने सम्झौता गरेको हो ।
यी बाहेक भारत र क्यानाडाबीच रेलेवे र शिक्षा क्षेत्रमा पनि एकआपसमा सहयोग गर्ने सम्झौता भएको छ ।
क्यानाडासंगको सम्झौतालाई भारतको इतिहासमा ठूलो उपलब्धी भएको बिश्लेषण गरिएको छ ।
सन् १९७३ मा भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले क्यानाडा भ्रमण गरपेछी मोदी नै क्यानाडा भ्रमण गर्ने दोश्रो प्रधानमन्त्री बनेका छन् ।
फ्रान्स र जर्मनीको भ्रमणपछी मोदी क्यानाडा पुगेका हुन् । क्यानाडामा रहँदा मोदीले टोंरटोको नागरिकहरुलाई सम्बोधन समेत गरेका थिए ।
सम्बोधनका क्रममा क्यानाडामा रहेका सयौं भारतीय नागरिक लगाएत हजारौं नरनारीको सहभागिता रहेको थियो । एजेन्सी